२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

स्वास्थ्य बीमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

Nada
२०८१ कार्तिक ७ गते १८:२४
Shares
स्वास्थ्य बीमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरुलाई आग्रह गरेका छन् । 

ncell

बीमा सुधार सम्बन्धमा सुझाव दिन विश्व स्वास्थ्य सङ्गठनका पूर्ववरिष्ठ अधिकारी शम्भुप्रसाद आचार्यको नेतृत्वमा बनेको समितिसँग मन्त्री पौडेलले बीमामा देखिएका स्रोत अभाव तथा गलत दाबी जस्ता समस्या समाधान गर्न व्यावहारिक ठोस सुझावको अपेक्षा गरेको बताए  ।  

‘हामीलाई व्यावहारिक र ठोस सुझाव दिनुहोला’, उनले भने, ‘जुन स्वास्थ्य बीमाको समस्या समाधानमा पथ प्रदर्शक बनोस् ।’ मन्त्री पौडेलले समितिले दिएको सुझाव कार्यान्वयनमा मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताए । ‘स्रोतको अभाव मुख्य समस्या छ’, उनले भने, ‘तर स्रोत बढाउने केही विकल्प छन् । यहाँहरुले उपयुक्त विकल्प दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ 

मन्त्री पौडेलले नसक्नेका लागि एक लाख बीमा रकम ठूलो सहायता भए पनि त्यसले मात्र समस्या समाधान नहुने भएकाले उक्त रकम वृद्धि गरी पाँच लाख पुर्‍याउनुपर्ने योजना बनाएको बताए । ‘हामीले दायरा बढाउँदा स्रोत अभावको चुनौती देखापर्न सक्छ, तपाईंहरुले थप समिति बनाउन नपर्ने गरी सुझाव दिनुहोला’, उनले भने ।  

मन्त्री पौडेलले सरकारकै फरकफरक स्वास्थ्य बीमा कार्यक्रम अस्तित्वमा रहेकाले सेना प्रहरीलगायत सबैलाई कसरी एकीकृत बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सुझाव दिन आग्रह गरे । बैठकमा समिति संयोजक आचार्य तथा सदस्य डा भगवान् कोइरालाले ठोस सुझाव दिने गरी काम भइरहेको जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर