काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिबाट छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा संघको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै उनले नेपाली भूमिबाट विदेशी सेना फेर्ता हुनुपर्ने बताएका हुन् ।
उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies