२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

घरेलु काममा लगाइदिन्छु भनेर कुवेतमा बन्धक

ADV
सपना बोहरा
२०८१ कार्तिक ८ गते ०६:३५
घरेलु काममा लगाइदिन्छु भनेर कुवेतमा बन्धक

दाङ : दाङकी एक महिलालाई घरेलु काममा लगाउने भन्दै कुवेतमा बन्धक बनाएर राखेको खुलासा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेराकी  ३० वर्षीया गीता थापालाई कुवेतमा बन्धक बनाएर राखेको खुलासा भएको हो ।

थापाका श्रीमान विष्णु थापाले गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय दाङमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमको कार्यालयमा उजुरी दिएपछि थापालाई कुवेतमा बन्धक बनाइएको खुलासा भएको हो । उनका श्रीमान थापाले श्रीमतीलाई  घरेलु काममा लगाइदिन्छु भनेर कुवेत लगेर बन्धक बनाइएको बताकाएका छन् । आफ्नी श्रीमतीले बन्धकमा पारेर दुर्व्यबहार गरेको, मानसिक र शारीरिक यातना दिएकोलगायतका फोटो तथा भिडियोहरू म्यासेजमा पठाएर उद्धार गर्न अनुरोध गरेको श्रीमान थापाले बताए ।

वैदेशिक रोजगारका लागि प्रक्रिया पु¥याउने क्रममा चिनजान भएको २८ वर्षीय उर्मिला सुनारले थापालाई कुवेत पठाएकी थिइन् । हाल काठमाडौंमा रहेकी सुनारलाई श्रीमतीको बारेमा सबै कुरा जानकारी गराउँदा पनि बेवास्ता गरेको र सम्पर्कमा नआएपछि सामी परियोजनामा उजुरी दिन आएको उनका श्रीमान थापाले बताएका छन् । सुनारले २०८१ असोज ६ गते थापालाई कुवेत पठाएकी थिइन । 

सुरक्षित आप्रवासन सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता अनिता सुवेदीले थापालाई गैरकानूनीरूपमा कुवेत पठाइएको बताएकी छन् । दलालहरूको लहलैमा लागेर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिएको, सोचेअनुसारको काम नपाएको समस्या लिएर आउने गरेको बताइन् । पछिल्लो समय दलालहरूले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर सप्लाइ कम्पनीमा लगेर बिचल्ली पारेका गुनासोहरू र उजुरीहरु आउने गरेको उनले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise