२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

असन्तुष्ट समूह मिलाउँदै माधव

ADV
जानकी पाठक
२०८१ कार्तिक ८ गते ०६:५०
असन्तुष्ट समूह मिलाउँदै माधव

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रका असन्तुष्ट समूहका नेताहरूसँग संवाद शुरु गरेका छन् । सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी गरेसँगै एकीकृत समाजवादी चरम विवादमा फसेको थियो । तर, अध्यादेश तत्काल नआउने भएपछि पार्टी अध्यक्ष नेपाल अन्तरसंघर्ष मथ्थर पार्ने प्रयासमा लागेका हुन् । 

महाधिवेशन र नेतृत्व चयनको प्रक्रियाप्रति असहमति जनाउँदै असन्तुष्ट बनेका नेताहरूले यसअघि अध्यक्ष नेपालसँग भेटेर ज्ञापनपत्र बुझाएका थिए । पार्टी फुटको चेतावनी दिने गरी ज्ञापनपत्र दिइएपछि एकीकृत समाजवादी फुटको संघारमा पुगेको नेताहरूले बताएका थिए । नेताहरूका अनुसार अध्यादेश तत्काल नआउने भएसँगै एकीकृत समाजवादीको फुट टरेको छ । त्यसपछि अध्यक्ष नेपाल विवाद मथ्थर पार्ने प्रयासमा लागेका हुन् । नेताहरू पार्टीभित्र एक भन्दा बढी समूह असन्तुष्ट छन् । अध्यक्ष नेपालले बुधबार असन्तुष्ट नेताहरूसँग फरक–फरक भेटेका छन् ।

भेट सकारात्मक भएको नेताहरू बताउँछन् । उपमहासचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपाल र नेताहरूबीचको छलफलमा असन्तुष्ट रहेका नेताहरूलाई पार्टी कामको जिम्मेवारी दिने समझदारी भएको छ । अध्यक्ष नेपाल लगायतका नेताहरुले असन्तुष्ट नेताहरूसँग छलफल गर्ने क्रममा यस्तो सहमझदारी जुटेको हो । छलफलमा नेताहरूलाई जिम्मेवारी दिने सहमति जुटेको भन्दै नेताहरूले कुरा मिलेको बताएका हुन् ।

असन्तुष्ट पक्षका नेता जीवनराम श्रेष्ठका अनुसार अध्यक्षले छुट्टै बोलाएर कुरा गरेका हुन् । असन्तुष्ट समुहले उठाएका कुरामा समीक्षा भएको उनले बताए । असन्तुष्ट नेताहरूलाई जिम्मेवारी दिएर पार्टी काममा लगाउने विषयमा छलफल भएको उल्लेख गर्दै उनले  पार्टीको आन्तरिक एकता कायम गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यक्रम पुरा गर्नुपर्छ भन्नेमा सबै सहमत रहेको बताएका छन् । 

उनी भन्छन्, ‘पार्टीको आन्तरिक एकता कायम गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यक्रम पुरा गर्नुपर्छ भन्नेमा सबै सहमत छन । यसअनुसार अगाडि बढ्ने समझदारी भएको छ ।’

अध्यक्ष नेपालले बुधबार श्रेष्ठसहित विजय पौडेल, वंशीधर मिश्र, रामकुमारी झाँक्री लगायतका असन्तुष्ट नेताहरूसँग छलफल गरेका हुन् । नेताहरूका अनुसार असन्तष्ट नेताहरूलाई के–के जिम्मेवारी दिने भनेर सचिवालय बैठक बसेर निर्णय हुनेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise