२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बजाजले ल्यायो मोटरसाइकल साटा–साटको योजना

Nada
२०८१ कार्तिक ८ गते २१:१४
Shares
बजाजले ल्यायो मोटरसाइकल साटा–साटको योजना

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरु गरेको छ । यस योजनाअन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिने भएको हो । 

ncell

हंसराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने ‘बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं, साथै हाम्रा ग्राहकहरुका लागि यस्ता नयाँ–नयाँ योजनाहरु अझ अरुपनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौ ।’ 

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरुलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर