२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग

ADV
मध्यान्ह
२०८१ कार्तिक ८ गते २१:१५
एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग

काठमाडौं : स्थानीयस्तरमा सामाजिक पहललाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरु कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरुलाई अनुदानको लागि आवेदन दिन आमन्त्रण हो । 

गतवर्ष १८औं वार्षिकोत्सवको अवसरमा शुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरु प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् । यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसनस्थानीय समुदायहरुलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ । यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरु लागू गरिने जनाइएको छ  । 

‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सातप्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्राप्त गर्ने छन् । यस पहलका लागि कुल योगदान १ करोड ९० लाखको हुने एनसेलले जनाएको छ । ‘एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं, हामी सामुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरुलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं’, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise