काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, एनआईएमबि पेवियर भित्र्याएको छ । ग्राहकहरुले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सक्ने नयाँ प्रविधि नेपाल भित्राएको हो । यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको छ ।
‘एनआईएमबि पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बैंकले जनाएको छ । यसले ग्राहकहरुलाई भौतिक कार्डहरु वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्ने जनाइएको छ ।
एनआईएमबि पेवियरले ग्राहकहरुलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ । ग्राहकहरुले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सकिने बैंकले जनाएको छ ।