काठमाडौं : वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भइ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौला रहेको प्रहरीले जानकारी दिएको छ ।
अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १७ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएका गर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।