काठमाडौं : नेपालले तत्काल नेपाली कामदार इजरायलमा नपठाउने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीका अनुसार इजरायलमा शान्तिपूर्ण अवस्था बन्नासाथ पठाउने गरी तत्कालका लागि पठाउन रोकिएको जानकारी दिए ।
इजरायल जान केयर गिभरका लागि २ हजार १ सय १२ जना नेपाली श्रमिक छनोट भएका छन् । त्यसमा एक हजार १ सय ५६ महिला र पुरुष ९ सय ५६ छन् । इजरायल अघिल्लो वर्षदेखि प्यालेस्टाइनसँगको लडाइँमा छ । निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् ।
प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको थियो । सोहीक्रममा बेपत्ता भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।