२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो, ७ सय बढी प्रजातीका बिरुवा प्रदर्शनी

Nada
२०८१ कार्तिक ९ गते २१:१२
Shares
भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो, ७ सय बढी प्रजातीका बिरुवा प्रदर्शनी

काठमाडौ : ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा शुरु भएको छ । नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा शुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिव ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ । मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए । पुष्प व्यवसाय प्रवद्र्धनका लागि बजेटको व्यवस्था गरिने समेत उनले बताए । 

ncell

‘रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्वबजारमा लैजाने गरी उत्पादन गरिनुपर्छ, यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै राख्ने वातावरण बनाउन सकिन्छ, गत असोज दोस्रो साताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेश गरे राहतका लागि सहयोग हुनेछ’, उनले भने । वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लाष्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको उल्लेख गर्दै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवद्र्धन गरिनुपर्ने बताए । मेलामा संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन भन्दै ७ विधामा उत्कृष्ट भएकालाई सम्मान समेत गरिएको थियो । 

सयपत्री बिधामा उत्कृष्ट अलटपीकल प्लानट हाउस, गोदावरी बिधामा दिक्षा नर्सरी, मखमली बिधामा गुहेश्वरी नर्सरी फ्रुट प्लान्ट बिधामा दिक्षा नर्सरीलाई नगद ५ हजार सहित सम्मान गरीयो । त्यस्तै, मेलामा राखिएका स्टलको प्रतिस्पर्धामा तेश्रो खड्का नर्सरी, दोश्रो अल टपीकल प्लान्ट हाउस र पहिलो गुहेश्वरी नर्सरीलाई क्रमशः ५ हजार ८ हजार  र १० हजार नगद सहित संघले सम्मान गरेको छ । 

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध ७ सय बढी प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिएको छ । साथै, मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल राखीएको छ । मेलाको पहिलो दिन नै अवलोकनकर्ताहरुको भीडभाड बढेका छ ।

ताजा खबर

सम्बन्धित खबर