२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन

Nada
२०८१ कार्तिक ११ गते १०:२९
Shares
तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन

बागमती : ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१-८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

ncell

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । 

ताजा खबर

सम्बन्धित खबर