२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

Nada
२०८१ कार्तिक ११ गते १०:३६
Shares
गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

ललितपुर : ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु. ९० लाखको कारोबार भएको छ ।

ncell

प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु. २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु. २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु. ५० लाख बराबरको कारोबार भएको उनले जानकारी दिए ।

उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको संकेत गरेको संयोजक तामाङ बताउँछन् । नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु. आठ अर्ब ८३ करोड भन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।

ताजा खबर

सम्बन्धित खबर