२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८१ कार्तिक ११ गते ११:३९
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं आइतबार पुनः सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । कात्तिक ७ गतेको उच्च मूल्य एक लाख ६६ हजार सात सयको रेकर्ड तोडेर आज १४ सयले बढ्दै पुनः छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

ncell

योसँगै आज छापावाल सुन तोलामा एक लाख ६७ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा दुई हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर