२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

एलजीका उत्पादनमा ४० प्रतिशतसम्मको क्यासब्याक र उपहार

shivam cement
मध्यान्ह
२०८१ कार्तिक ११ गते २१:०५
एलजीका उत्पादनमा ४० प्रतिशतसम्मको क्यासब्याक र उपहार

काठमाडौं : एलजीले दशैं–तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्ने छन् । एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर, एलजी एयर प्यूरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर भन्दा माथि) को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सकिने जनाइएको छ । 

त्यस्तै, एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । ‘हामी नेपाली उपभोक्ताहरुलाई हाम्रो एलजी उत्पादनहरुमार्फत् गुणस्तरीय अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ’, सिजी इलेक्ट्रोनिक्सका सेल्स प्रमुख पुरुषोत्तम भण्डारीले भने, ‘यस पर्वको अवसरमा, हामीले एलजीसँग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरुको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौँ ।’ यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाइड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise