काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न गरेको छ । देशैभरीबाट पाँच सय जनाभन्दा बढी सहभागीको सहभागीतामा कम्पनीले सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली) ले अभिकर्ता मार्फत् सामाजिक रुपमा सेवा प्रदान गराउँदै व्यावसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताए ।