२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

तिहारमा बससेवाबाट टिकट बुकिङमा पाँच प्रतिशतसम्म छुट दिने

ADV
मध्यान्ह
२०८१ कार्तिक ११ गते २१:०७
तिहारमा बससेवाबाट टिकट बुकिङमा पाँच प्रतिशतसम्म छुट दिने

काठमाडौं : अनलाइनमार्फत नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ । सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशतसम्म छुट दिने आफर ल्याएको हो । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिम रहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट छुटमा बसको टिकट काट्न अनुरोध गरेको हो ।  

बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा छुट उपलब्ध हुने जनाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने बससेवाले जनाएको छ । साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । 

सरकार तथा यातायात व्यवसायीले पछिल्ला दिनहरुमा अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकता अनुसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । दशैंको तुलनामा तिहारमा राजधानीबाट बाहिर जाने तथा अन्य स्थानमा आवतजावत केही कम हुने भएकाले पनि तिहारमा टिकट अभावको अवस्था नहुने उनको भनाई छ । ‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रुपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यक्ताका आधारमा टिकट उपलब्ध हुन्छ ।’ 

खनालका अनुसार बससेवामार्फत् काठमाडौँबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए । यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ । बससेवामा ५ सय भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise