२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

दुर्गा भगवती गाउँपालिका १ पिपरामा ग्यास सिलिण्डर वितरण

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक ११ गते २२:०४
दुर्गा भगवती गाउँपालिका १ पिपरामा ग्यास सिलिण्डर वितरण

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ मा आइतबार ग्यास सिलिण्डरसहितको चूल्हो सेट तथा खाद्यान सामग्री वितरण गरिएको छ । 

गाउँपालिकालाई धुँवामुक्त बनाउने अभियान अन्तर्गत प्रत्येक घरपरिवारलाई ग्यास सिलिण्डरसहितको चूल्हो तथा बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष शम्भू सिंहले गाउँपालिका स्तरीय योजना अनुसार ग्यास सिलिण्डरसहितको चूल्हो सेट बितरण गरिएको जानकारी दिएका छन् । महिलाहरुलाई धुँवाबाट जोगाउने तथा कार्य बोझलाइ काम गर्ने उद्देश्यले धुँवामुक्त अभियान सञ्चालन गरिएको बताए । 

निर्वाचनको बेला गरेको चुनावी प्रतिबद्धता अनुसारको यो अभियान सञ्चालन गरिएको उनले भने पहिला नै वितरण गर्नुपर्नेमा केही प्रविधिकरणले ढिलो भयो । गएको आसोज १२ गते आएको बाढीबाट प्रभावित भएका घर परिवारलाई पहिचान गरी राहत सामग्री उपलब्ध गराइएको बताए ।

अति प्रभावित भएका परिवारलाई छुट्टै राहत सामग्री रहेको भन्दै गाउँपालिका अध्यक्ष सिंहले सामान्य रुपमा प्रभावित भएका परिवारलाई पहिचान गरी चामल २५ किलो ,दाल २ किलो,नून २ किलो, स्वाबिन १ किलो, खाने तेल २ लिटर दिइएको बताए । 

वडाध्यक्ष प्रधुमन चौधरीले बाढीबाट प्रभावित भएका ६१५ जनालाई राहत सामग्री वितरण गरिएको जानकारी दिएका छन् । अति प्रभावित भएका परिवारलाई त्रिपालसहित खाद्यान्न सामग्री दिइने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise