२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

शिक्षकको कुर्सी प्रहारबाट विद्यार्थी घाइते

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक १२ गते २२:०३
Shares
शिक्षकको कुर्सी प्रहारबाट विद्यार्थी घाइते

रौतहट : गौर नगरपालिकामा रहेको श्री जुद्ध नमुना माध्यमिक विद्यालयमा प्राविधिक शिक्षातर्फ सञ्चालनमा रहेको आईटी कक्षामा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकले कुर्सी प्रहार गर्दा विद्यार्थी घाइते भएका छन् ।

ncell

घाइते हुनेमा ईशनाथ नगरपालिकाको वडा नम्बर ९ डुमरियाका उपेन्द्र साहका छोरा श्री जुद्ध नमुना विद्यालयमा प्राविधिक शिक्षातर्फ सञ्चालनमा रहेको आईटी कक्षामा पढ्ने अन्दाजी १८ वर्षीय रितिक रोशन साहमाथि शिक्षकले कुर्सी प्रहार गर्दा साह घाइते भएका छन् ।

सोमबार बिहान ८ः३० बजे पढ्न गएका बेला कक्षा कोठामा प्रधुमन वर्माले प्रोजेक्टर चलाइ कक्षा कोठामा नै सुति रहेको बेला आफुलाई सम्झमा नआएको बताउन जाँदा शिक्षक वर्माले कोठाबाट बाहिर जा भन्दै कराएको र पढाइ दिनुभन्दा एक्कासी सोही ठाउँमा राखेको कुर्सी प्रहार गरेको घाइते साहले बताएका छन् । 

घटना भएपछि प्रहरीलाई खबर पाप्त भए लगतै प्रहरी टोली विद्यालयमा पुग्दा शिक्षक प्रधुमन वर्मा फरार रहेको प्रहरीले जनाएको छ । 

शिक्षक बर्मा रौतहटकै दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा भलोहिया घर भएको शिक्षक वर्माले कुर्सी प्रहार गर्दा विद्यार्थी साहको टाउकोमा ५ वटा टाका लगाएको डाक्टरले बताए । 
यस विषयमा विद्यालयका प्रधानाध्यापक प्रभास ठाकुरसँग बुझ्दा उनले बताए अनुसार यो विद्यार्थी पहिला पनि विद्यार्थीहरुको झडपमा कुटिएको र अब यो खबर सुनिएको बताएका छन् । प्रधानाध्यापक ठाकुरले यस सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको भन्दै छानविनमा विद्यालय पनि प्रहरीलाई सहयोग गर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर