२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

‘केही स्वार्थी व्यक्ति पार्टी छोडेर जाँदैमा पार्टी कमजोर हुँदैन’

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक १२ गते २२:४३
‘केही स्वार्थी व्यक्ति पार्टी छोडेर जाँदैमा पार्टी कमजोर हुँदैन’

रौतहट : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मोहमद लालबाबू राउत गद्दीले जनता समाजवादी पार्टी नेपाल फुटेको होइन केही पदको लोभी व्यक्ति पार्टीबाट बाहिर गएको बताएका छन् । उनले केही स्वार्थी व्यक्ति पार्टी छोडेर जाँदैमा पार्टी कमजोर नहुने बताए । 

जिल्लाको बौधिमाई नगरपालिकाको भुवाली चौकमा जनता समाजवादी पार्टी नेपाल बौधिमाई नगर कार्य समितिले आयोजना गरेको विस्तारित बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासचिव गद्दीले वर्तमान प्रदेश सरकार पूर्व प्रदेश  सरकारले ल्याएको लोकप्रिय कार्यक्रमलाइ समाप्त पार्ने कार्यमा लागेको आरोप लगाए । 

जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रहेको सरकारले मधेश प्रदेशका जनताको लागि ल्याएको बेटी पढाउ, बेटी बचाऊ, छोरी बीमा कार्यक्रमलाई जनमत पार्टी नेतृत्वको सरकार असफल बनाएको दावी समेत गरे । 

पूर्व मुख्यमन्त्री राउतले ७ प्रदेशमा आफ्नो नेतृत्वको सरकार स्थायी रुपमा ५ वर्ष रहेको र लोकप्रिय कार्यक्रम समेत सञ्चालन गरेको भन्दै अहिलेको सरकार भ्रष्टाचार अनियमिततालाई बढावा मात्र दिएको टिप्पणी समेत गरे ।

कार्यक्रममा पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि व्यंग्य गर्दै काम कम र प्रचार बढी गर्ने कार्य गरिरहेको बताए । मधेशी भएको भन्ने पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पार्टीमा मधेशी सांसदलाई कुनै महत्व नदिने गरेको टिपण्णी गरे ।

पूर्व प्रदेश सांसद राम किशोर यादवले जनता समाजवादी पार्टी नेपाललाइ कमजोर बनाउने जति सुकै प्रयास गरेपनि सफल नहुने बताए। 

बौधिमाई नगरपालिकाका पूर्व नगर प्रमुख राजीव रंजन, राजु यादवले वर्तमान नगर प्रमुख प्रदीप यादव विकास निर्माणका काम भन्दा बढी सामाजिक सद्भाव बिगार्ने कार्यमा बढ़ी सक्रीय रहेको आरोप लगाए ।

नगर अध्यक्ष हृदय नारायण यादवको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदान –प्रदान कार्यक्रममा केन्द्रीय सदस्य चुल्हाई राय यादव, पूर्व जिल्ला समन्वय समितिका उपाध्यक्ष राम बशिष्ठ यादव, जिल्ला अध्यक्ष श्याम विहारी यादव, दिलीप पटेल लगायतका नेताहरुले संगठन निर्माणको कार्यलाइ तीव्रता दिन जोड दिएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise