२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आज धनतेरस : तोलामा पन्ध्र सयले बढ्यो सुनकाे मूल्य

Nada
२०८१ कार्तिक १३ गते १२:२१
Shares
आज धनतेरस : तोलामा पन्ध्र सयले बढ्यो सुनकाे मूल्य

काठमाडौंः आज धनतेरसको दिन सुनको मूल्य तोलामा पन्ध्र सयले बढेको छ । सुन, चाँदी लगायतका बहुमूल्य सामान किनमेल गर्ने प्रचलन रहेको यस दिनमा तोलामा पन्ध्र सयले बढेर छापावाल सुनले नयाँ कीर्तिमान कायम गरेको छ ।

ncell

योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर दुई हजार एक सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर