२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

उच्च अंकले बढ्यो नेप्से, दुई सय २१ कम्पनीको मूल्यमा वृद्धि

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते १५:१७
उच्च अंकले बढ्यो नेप्से, दुई सय २१ कम्पनीको मूल्यमा वृद्धि

काठमाडौंः मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ४६ अंकले बढेर दुई हजार छ सय ९२ को विन्दुमा कायम भएको छ । आज २२१ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनकिो मात्रै मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

योसँगै आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी र कुथेली बुखरी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साथै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९ दशलमव ९८ प्रतिशत र  समाज लघुवित्तको मूल्य ९ दशलमव १८ प्रतिशतले बढेको छ । मूल्य घट्नेमा भने निफ्रा उर्जा ऋणपत्र इकाई रहेको छ । आज यस इकाईको मूल्य १ दशमलव ९५ प्रतिशतले घटेको हो ।

यस्तै, आज ३१९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा छ अर्ब १२ करोड माथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise