२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

ग्लोबल आइएमई र इन्स्टेन्ट क्यासबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते २१:३२
ग्लोबल आइएमई र इन्स्टेन्ट क्यासबीच सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत् सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।

यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिट्यान्स पठाउन सक्नेछ ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५० हजार भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise