काठमाडौं : एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । सो अफर अन्तर्गत तीनजना भाग्यशाली विजेताहरु हुने र यस्तो विजेताले एक हजार इकाई उपहार स्वरुप पाउने कम्पनीले जनाएको हो ।
योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबिबाट हितग्राही खाता खोलेर एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कात्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । कात्तिक १३ गते राति ११.५९ बजेसम्म रजिस्ट्रेसन गरेकालाई मात्र लक्की ड्रमा पर्ने व्यवस्था गरिएको छ ।
योजनाका विजेताको घोषणा भने कात्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत् लाईभ गरिने कम्पनीले जनाएको छ । एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको छ ।