२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

shivam cement
प्रचण्ड खत्री
२०८१ कार्तिक १४ गते १२:१२
पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

रुकुम पश्चिम : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा कालिका आधारभूत विद्यालय सानीभेरी -५ घामताप्नेमा मंसिर १६ मा हुने उपनिर्वाचनलाई लक्षित गरी पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा हाल कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र केन्द्रीय अनुसन्धान आयोगका सदस्य नरबहादुर पुन तारा तथा केन्द्रीय सदस्य जिल्ला इन्चार्ज बसन्त शर्मा (कुशल) विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला संयोजक गोविन्द रोका सचिन, केन्द्रीय सदस्य धनवीर ओली, कर्णाली प्रदेश सचिवालय सदस्य पहलसिं घर्ती ज्वलन्त, कर्णाली प्रदेश कमिटी सदस्य सर्वजित घर्ती योद्धालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री शर्माले सबै जनता माओवादी केन्द्रतिर मोडिएको बताउँदै पार्टीको जित पक्का भएको दाबी गरे ।

ADV

सम्बन्धित खबर