२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमद्वारा सहायोग

Nada
२०८१ कार्तिक १४ गते २१:२३
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमद्वारा सहायोग

काठमाडौं : नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ रकम जम्मा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गर्दै कोषमा रकम जम्मा गरेकी हुन् । 

ncell

अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी–पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहतस्वरुप टेलिकमले कोषमा रकम जम्मा गरेको हो । प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशन समेत दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर