काठमाडौं : ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमुबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । कार्तिक २६ गतेदेखि लागू हुने कम्पनीले जनाएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिंङ तथा ब्रान्डिङ प्रमुख कुशलजंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भूर्तेलले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।