२०८१ फागुन ३ गते शनिवार / Feb 15 , 2025 , Saturday
२०८१ फागुन ३ गते शनिवार
Ads

सुनको मूल्य हालसम्मकै महँगो

hardik ivf
मध्यान्ह
२०८१ कार्तिक १५ गते १२:०१
सुनको मूल्य हालसम्मकै महँगो

काठमाडौं : सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्दि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु तीन सयले वृद्धि भएको हो । 

यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला रु दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ९० निर्धारण भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise