२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

shivam cement
मध्यान्ह
२०८१ कार्तिक १६ गते ०९:४५
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

नुवाकोटः लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका हुन् । उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए।
 

ADV

सम्बन्धित खबर

Advertise