२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

Nada
२०८१ कार्तिक १६ गते ०९:४५
Shares
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

नुवाकोटः लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

ncell

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका हुन् । उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए।
 

सम्बन्धित खबर