२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो म्ह पूजा

ADV
मध्यान्ह
२०८१ कार्तिक १९ गते १९:५८
संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो म्ह पूजा

विकास लम्साल

लिस्वन, पोर्चुगल : आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामूहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पूजामा नेवार समुदायका एक सय जनाभन्दाको सहभागिता रहेको थियो ।

आफ्नो शरीरलाई आफैंले निरोगिता र रोकिएका काम पूरा होस् भनेर म्ह पूजा गर्ने चलन रहेको नेवाः खःल, पोर्चुगलका अध्यक्ष राजेशमान जोशीले जानकारी दिए ।

‘आत्मालाई मण्डपमा राखेर विधिपूर्वक पूजा गर्ने नेवारीअनुसार म्ह पूजा गर्ने चलन रहेको छ’, उनले भने, ‘हामीले पनि त्यही प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौं । हाम्रो कला, भाषा, संस्कृति भनैकै हाम्रो पहिचान हो । यसमा हामीले गर्व गर्नु पर्छ ।’

युरोपमा पहलो पटक आयोजना गरिएको म्ह पूजाका संयोजक अमृतरत्न शाक्यले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएको कार्यक्रमबाट आफू हौसिएको बताए ।

‘पहिलोपटक गरिएको पूजामा भएको सहभागीताले निकै खुशी लागेको छ’, उनले भने, ‘नेपालीहरू जहाँ भएपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हो ।’

नेवाः खःल, पोर्तुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएको जानकारी दिदैं आजको यो म्ह पूजा पनि भव्य हुन गएकोका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे ।

‘आफ्नो जन्मे हुर्केको बेला देखि आएको चलनलाई आत्मसाथ गर्न पाउँदाको खुशी हुँदैन र’, उनले भने, ‘प्रवासमा पनि यसरी आफ्नो संस्कृति अगाल्न पाउँदा निक्कै खुशी लागेको छ ।’

एक वर्ष अगाडि स्थापना भएको नेवाः खःल, पोर्चुगलले अब आफ्नो संस्कृतिको जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिवद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ (दिलोन) का साथै कोषााध्यक्ष अमृत रत्न शाक्यको महत्वपूर्ण भूमिका रहेको जानकारी पनि खःलका अध्यक्ष जोशीले दिए ।

यसैगरि पोर्चुगलमा रहेको विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसी भैलो पनि खेलेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise