२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

ज्यान मार्ने उद्याेगमा दीपक मनाङे सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

shivam cement
मध्यान्ह
२०८१ कार्तिक २० गते १८:२८
ज्यान मार्ने उद्याेगमा दीपक मनाङे सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

काठमाडौं : गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् ।

मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)  पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

उच्च अदालत पाटनले २०६९ सालमा उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise