२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

Nada
२०८१ कार्तिक २१ गते १३:०६
Shares
दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

मलेखुः पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

ncell

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । 

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।  

तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भइ एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर