काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि गरिएका परीक्षणको रिपोर्ट सामान्य आएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका सचिवालय सदस्य प्रकाश सिलवालले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् ।'
ज्वरो आएपछि मंगलबारबाट प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम रोकिएको थियो ।