२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पाँच अर्ब २२ करोड

ADV
मध्यान्ह
२०८१ कार्तिक २१ गते १५:१४
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पाँच अर्ब २२ करोड

काठमाडौंः बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज शेयर बजार १ दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ७५ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मुल्य घटेको छ । छ कम्पनीको शेयर मूल्य स्थिर छ । 

योसँगै आज सबैभन्दा धेरै कुथेली बुखरीको मूल्य घटेको छ । आज यस कम्पनीको शेयर मूल्य ९ दशलमव ५५ प्रतिशतले घटेको हो । मूल्य धेरै बढ्नेमा भने नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो, र  पिपुल्स हाइड्रो रहेको छ । यी कम्पनीको शेयर मूल्य क्रमशः १० प्रतिशत, ९ दशलमव ९८ प्रतिशत र ८ प्रतिशतले बढेको छ ।

यस्तै, आज ३२० कम्पनीको एक करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँ र समृद्धि फाइनान्सको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise