काठमाडौँ : सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । सर्वोच्चको फैसलापछि मनाङे सम्पर्कविहीन भएका हुन् । उ।