२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पञ्चेश्वर र अरुण आयोजना अगाडि बढाउन भारत सकारात्मक

ADV
मध्यान्ह
२०८१ कार्तिक २१ गते २१:११
पञ्चेश्वर र अरुण आयोजना अगाडि बढाउन भारत सकारात्मक

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्केका मन्त्री खड्काले पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताए । 

‘नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,’ मन्त्री खड्काले भने । मन्त्री खड्काले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए । उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल गरेको बताए । उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य उर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । 

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जल शक्ति मन्त्री सी आर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नविकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युत मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका उर्जामन्त्रीले नेपालमा आउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise