२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

फेवाफाँटको जेठोबुढोमा गभारो : भित्राउने बेला धान न पराल

Nada
२०८१ कार्तिक २२ गते १०:१२
Shares
फेवाफाँटको जेठोबुढोमा गभारो : भित्राउने बेला धान न पराल

गण्डकी : जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रूपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । 

ncell

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे। गभारोले यस अघि बाली सखाप  नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । 

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “ फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर