काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकका लागि नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । सोही क्रममा उनले आज बिहान खुमलटारमा बरिष्ठ नेता माधब नेपालसँग करिब एकघन्टा छलफल गरेका छन् ।
पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष दाहालले सोमबार सचिवालय बैठक समेत बोलाएका छन् । सोही बैठकका तयारीका विषयमा दाहालले नेकपा नेतासँग कुराकानी गरेका हुन । नेपालसँग एक्लाएक्लै भेट गरेपछि उनले नेता नेपाल, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग पनि छलफल गरेका छन् ।
सचिवालय बैठकका लागि एकता प्रक्रियाका बाँकी काम टुग्याउने, स्थायी कमिटी बैठक र केन्द्रिय समिति बैठक बोलाउने लगायतका एजेण्डा दाहालले तय गरेका छन। मंसिरभित्रै स्थायी समिति र पुस पहिलो साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने दाहालको तयारी छ । नेकपाको स्थायी समिति बैठक लामो समयदेखि बस्न सकेको छैन ।
त्यस्तै बैठकमा पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने कार्यसूचि छ । नेकपाभित्र १ सय ४५ सदस्यीय पोलिटब्यूरो बनाउने भनिए पनि नेताहरुबीच सहमति नजुट्दा त्यसले पूर्णता पाएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies