२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत, घट्यो सुनको मूल्य

Nada
२०८१ कार्तिक २२ गते १२:०२
Shares
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत, घट्यो सुनको मूल्य

काठमाडौंः संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । 

ncell

डलरको मूल्य बढेपछि अन्तर्राट्रिय बजारसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.२ प्रतिशतले घटेको छ भने नेपाली बजारमा तोलामा चार हजारले घटेको छ । याेसँगै आज  अन्तर्राट्रिय बजारमा सुनकाे मूल्य प्रतिऔंस दुई हजार छ सय ५७ अमेरिकी डलर रहेकाे छ ।

नेपाली बजारमा भने बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५५ रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ । 

ताजा खबर

सम्बन्धित खबर