२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कमलपोखरीमा छठको रौनक (फोटोफिचर)

ADV
मध्यान्ह
२०८१ कार्तिक २२ गते २०:२७
कमलपोखरीमा छठको रौनक (फोटोफिचर)

काठमाडौं : अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । छठ कात्तिक शुक्ल चतुुर्थीबाट शुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य  दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ । बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ । 

तस्बिरमा हेर्नुहोस् काठमाडौंको कमलपोखरीमा देखिएको छठ पर्वको रौनक :

ADVADV

सम्बन्धित खबर

Advertise