काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतीकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताए ।
क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको जानकारी दिए ।
प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको समेत जानकारी दिए । माथिल्लो तामाकोशी सम्पन्न गरि छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies