२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ग्रामीण विकास लघुवित्त शाखाहरुको समीक्षा बैठक सम्पन्न

Nada
२०८१ कार्तिक २६ गते २०:४८
Shares
ग्रामीण विकास लघुवित्त शाखाहरुको समीक्षा बैठक सम्पन्न

काठमाडौं : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको समीक्षा बैठक सम्पन्न भएको छ । कात्तिक २४ र २५ गते सञ्चालन तथा सुपरीवेक्षण कार्यालय विराटनगर अन्तरगतका ४२ वटा शाखाको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक समीक्षा तथा दोस्रो समीक्षा बैठक सम्पन्न भएको हो ।

ncell

समीक्षा बैठक संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको प्रमुख आतिथ्यतामा, संचालन तथा सुपरिवेक्षण कार्यालय विराटनगरका प्रबन्धक गोविन्दप्रसाद ढुंगेलको सभापतित्व र सुपरीवेक्षण कार्यालय विराटनगरमा उप–प्रबन्धक कुमुदमोहन झाले सञ्चालन गरेका थिए ।

बैठकमा सहभागीहरुलाई दीपक खवासले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाल तथा कर्जा लगानी तथा असुलि विभागका विभागीय प्रमुख मोतीराम अधिकारीले प्रकाश पारेका थिए ।

संस्थाले लघु व्यवसाय कर्जा तथा लघु उद्यम कर्जाको माध्यमबाट स–सानो व्यवसाय गर्ने उद्यमीलाई सरल व्याजमा कर्जा लगानी तथा ग्राहक सदस्यहरुलाई आय आर्जनमा सहयोगी बनी समाज उत्थानमा गुणस्तरीय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर