काठमाडौं : आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायाे । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् ।
नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८औं ओभरमा ३ विकेट लिइन् ।
यूएईसँगको पहिलो खेलमा हारेको नेपाललाई यु-१९ महिला टी–२० विश्वकपमा छनोट हुन आजको खेल जित्नै पर्ने हुन्छ । नेपालले यूएईलाई हराएर मात्रै पुग्दैन, राम्रो रन रेटमा हराउनुपर्ने हुन्छ ।