२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पाणिनी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु, प्रथम हुनेलाई ५० हजार पुरस्कार

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २८ गते २१:२३
पाणिनी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु, प्रथम हुनेलाई ५० हजार पुरस्कार

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । पाणिनि गाउँपालिकालाई  भलिवलको हब बनाउने र भलिबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले गरे ।

कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्री, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पालिकास्थित विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पत्रकार, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, खेलाडी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 

उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले खेलाडीको प्रोत्साहन र खेलको विकासका लागि आयोजना गरिएको प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गरे । पाणिनीलाई खेलको माध्यमबाट चिनाउन विभिन्न विधाका खेल प्रतियोगिता आयोजना गरिने गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताए । प्रतियोगिताले खेलाडीहरुको क्षमाता विकासका साथै स्तरोन्नतिमा सहयोग पुग्ने तथा खेलाडी उत्पादन पनि सहयोग पुग्ने उनले बताए ।

बरकारुख खेल मैदानमा भएको प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । यस्तै आज भएको पहिलो खेलमा पटौटिले खिदिमलाई २–१ को अन्तरले हराएको छ । दोस्रो खेलमा पणेनाले कर्मचारी समुहलाई २–० को सोझो सेटमा हरायो भने आजको अन्तिम खेलमा मैदानले धातिवाङ्गलाई २–० को सोझो सेटमा हराएको थियो । प्रतियोगिताका अन्य खेल भोलि बिहान ८ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise