२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

एतिहासिक यात्रा

ADV
मध्यान्ह
२०८१ कार्तिक २९ गते ०६:४५
एतिहासिक यात्रा

काठमाडौं : क्रिकेटमा नेपालले एतिहासिक यात्रा तय गरेको छ । घरेलु मैदानमा युएइलाई हराउँदै पहिलो पटक नेपाल महिला विश्वकपमा छनोट भएको छ । युएइलाई हराउँदै नेपाल यु –१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट भएको हो । यूएई विरुद्धको निर्णायक खेलमा नेपालले ८ विकेटको जित निकाल्यो । विश्वकपमा छनोट हुन युएइले नेपाललाई ८४ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा ओपनर साना प्रभिनले ३५ रन खेलिन् । कप्तान पुजा महतोले २१ रन बनाइन । सावित्रा धामी १२ रनमा आउट भइन भने सोनी पाख्रीन १३ रनमा सीमित रहिन् । 

टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका कप्तान समाइराले ३१ रन बनाउँदा रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०÷१० रन बनाएका थिए । नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २÷२ तथा रचना चौधरीले १ विकेट लिएका थिए । बुधबारको जितसँगै नेपाल पहिलो पटक महिला विश्वकपमा छनोट भएको हो । 

एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुंगो लागेको छ । यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअअरी ७ सम्म मलेसियामा हुँदैछ । जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली र आयोजक मलेसिया स्वतः छनोट भएका छन् । साथै, अघिल्लो पटक विश्वकप खेलेका अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज सोझै छनोट भएका छन् ।

नेपालसहित नाइजेरिया, समावा, स्कटल्याण्ड र अमेरिका क्षेत्रिय छनोटबाट आएका छन् । अमेरिकी क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतः विश्वकप खेल्न छानिएको हो । युरोपियन क्षेत्रबाट छनोट भएर आएको स्कटल्याण्डले अघिल्लो पटक पनि विश्वकप खेलेको थियो । एसियाली क्षेत्रबाट अघिल्लो पटक नेपाल र थाइल्याण्डलाई पछि पार्दै यूएई विश्वकपमा पुगेको थियो । यस पटक भने यूएईलाई रोकेर नेपाल विश्वकपमा पुगेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise