२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

नेपाल प्रहरी श्रीमती संघको सहयोगमा लो-बेड र ब्लाङ्केट वितरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ३० गते २२:००
नेपाल प्रहरी श्रीमती संघको सहयोगमा लो-बेड र ब्लाङ्केट वितरण

अर्घाखाँची : नेपाल प्रहरी श्रीमती संघले अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुस्त मनस्थिति विद्यालयका बालबालिकाहरुका लागि लो-बेड र ब्लाङ्केट हस्तान्तरण गरेको छ । 

प्रमुख  अतिथि संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पराजुली कुँवरले लो-बेड र ब्लाङ्केट हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा अध्यक्ष कुँवरले ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका श्रीमतीहरूको साझा संस्था नेपाल प्रहरी श्रीमती संघले  सामाजिक सेवाका लागि अभिप्रेरित भइ यस विद्यालयमा सहयोग गरिएको बताइन् । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा काम गर्ने अभिप्रेरित गर्ने संस्थामा नेपाल प्रहरी श्रीमती संघ उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब  उपरीक्षक चक्रबहादुर मल्ल, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर भुसाल, समाजसेवी लक्ष्मण पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष असोक खनाल, विद्यालयका प्रअ कमला भुसाल लगायतले मन्तव्य  राखेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise