२०८१ मंसिर २ गते आइतवार / Nov 17 , 2024 , Sunday
२०८१ मंसिर २ गते आइतवार

इन्डो-नेपाल जुडो कराते प्रतियोगिता प्यूठानमा शुरु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर १ गते २०:३७
इन्डो-नेपाल जुडो कराते प्रतियोगिता प्यूठानमा शुरु

प्यूठान : नेपाल र भारतबीच हुने इन्डो-नेपाल कराते प्रतियोगिता प्यूठानमा शनिबारदेखि शुरु भएको छ । खेल क्षेत्रको विस्तार र विकासका लागि शहरदेखि गाउँसम्म खेल सञ्चालन गर्ने उद्देश्यसहित प्यूठानमा खेल आयोजना गरिएको कराते महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री कमला रानाले बताइन् । खेल आइतबारसम्म चल्ने छ ।

शितो रियो कराते डोजो लुङ्ग प्यूठान आयोजक रहेको उक्त प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी जम्मा २ सय ४४ जना खेलाडीबीच दुई दिन प्रतिस्पर्धा हुनेछ । नेपालका पनि विभिन्न जिल्लाका खेलाडीहरुले खेलमा भाग लिने आयोजकले जनाएको छ ।

खेलमा नेपालका १ सय २४ जना, भारतको देहरादुनबाट ९५ र दिल्लीबाट १४, भुटानका ११ जना खेडाडीबीच कुमुते (फाइट), एकल काटा, टिम काटा  प्रतिस्पर्धा हुने कराते संघकी केन्द्रीय सदस्य रानाले बताइन् । 

उनका अनुसार ३० केजीदेखि ७० केजीसम्म महिला र पुरुषको तौलअनुसार खेलमा प्रतिस्पर्धा हुनेछ । भूगोल र खेल पूर्वाधारअनुसार खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

खेलको संयोजन नेपाल कराते महासंघका प्रदेश सचिव मोहनलाल थापाले गरिरहेका छन् । शनिबार अप्राह्नदेखि शुरु भएको खेलको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोख्रेलले गरेका हुन् । उनले गाउँ-गाउँमा बस्ने युवा तथा बालबालिकाहरुलाई खेलमा पहुँच पुर्‍याउन प्यूठानमा अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गरेकाेमा खुसी व्यक्त गरे ।

खेलाडी र प्रशिक्षकहरुलाई प्यूठानको जुम्री र बाग्दुलाका होछलहरुमा बसाइ व्यवस्थापन गरिएको छ भने खेल प्यूठान नगरपालिका-७ स्थित खेलकुद विकास समितिको कवर्डहलमा चलिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise