२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

भारतमा ‘मस्टवान्टेड’ सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ४ गते २२:५९
भारतमा ‘मस्टवान्टेड’ सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ

रौतहट : भारतीय प्रहरीको ‘मस्टवान्टेड’को सूचीमा रहेका एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा नं. २ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् । उनलाई अवैध हतियार र गोली गट्ठासहित पक्राउ गरिएको हो । 

पक्राउ परेका जैसवाल भारत विहार पूर्वी चम्पारण घोडासहानमा सक्रिय रहेका बाबा गिरोह नामको अपराधिक समुहका सदस्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ । 

उनलाई रौतहट प्रहरीले असार २ गते मौलापुर नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधरामस्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने  बौधिमाई ८ का वर्ष २४ का अरबिन्दकुमार दासले १७ लाख झोलामा राखी राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा चढी मौलापुरतर्फ गइरहेका थिए ।

सोही क्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्दकुमार दासलाई पछाडिबाट गोली हानी भागी फरार भएका थिए  ।

प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरूसँग साँठगाँठ रहेको निष्कर्ष निकालेको थियो । 

उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जैसवालमाथि हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आरोपी भारतीय नागरिक जैसवाल भारतीय प्रहरीको मस्टवान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जनभन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको प्रहरीले जनाएको छ ।  

आरोपी जैसवालमाथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार, लुटपाट, अपहरण, अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ ।

गत मार्च महिनामा जैसवाल अन्य केही साथीहरूसँग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एक जना जवानमाथि आक्रमण गरेका थिए । 

उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपालतर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ । जैसवाल केही समयअघि जेल जीवन समेत बिताइसकेका भारतीय प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise