“जसका लागि
चेतनाको झिल्कोले
सारा बस्तीलाई
बनाउनु छ उज्यालो
त्यसैले हिँड्नु छ अब
आगो लिएर गाउँ गाउँमा
(आगो लिएर गाउँगाउँमा, पृ. १४)
कवि गणेश श्रमण (२०३०) पचासको दशकदेखि नेपाली काव्यको क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका शब्दहरू अविराम यात्रामा (संयुक्त कविता ...