२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

कविता : सहर अनि म

Nada
सुप्रिया अधिकारी
२०८३ वैशाख २६ गते ०६:०५
Shares
कविता : सहर अनि म

एक दिन झमझम पानी परिरहेथ्यो,
आकाश हेर्दा तारा देख्दिनथेँ,
आमा यो साँच्चै सहर नै रहेछ,
यहाँ त झ्याल बाहिर अर्को घरको झ्याल देखिन्छ । 

ncell

मानिसहरू फुटपाथमा हिँडिरहन्थे,
हजारौं पाइलाहरू देख्थे एक देख्दिनथेँ,
आमा यो साँच्चै सहर नै रहेछ,
यहाँ त सास फेर्न पनि टाइम टेबल चाहिन्छ । 

सानो डेरामा एउटै बल्ब बलिरहेथ्यो,
भित्ताको घडी हेर्थे समय देख्दिनथेँ,
आमा यो साँच्चै सहर नै रहेछ,
यहाँ त मध्यरातको निन्द्रामा पनि हतारको आर्लाम सुनिन्छ ।

ऐनामा मुस्कानको अभ्यास चलिरहेथ्यो, 
मुस्कान नक्कली देख्थे, सक्कली देख्दिनथेँ,
आमा यो साँच्चै सहर नै रहेछ,
यहाँ त खुसी साथ जिउन पैसा चाहिन्छ । 

मजस्तै चन्द्रमा टोलाइरहेथ्यो, 
बोल्न खोजेजस्तो तर केही सुन्दैनथेँ,
आमा यो साँच्चै सहर नै रहेछ, 
यहाँ त आवाजहरू भित्र मौनता सुनिन्छ ।

ताजा खबर

सम्बन्धित खबर