२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

घौवा महिला सामुदायिक वनको साधारण सभा सम्पन्न

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर २ गते २१:२५
घौवा महिला सामुदायिक वनको साधारण सभा सम्पन्न

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ मा रहेको घौवा महिला सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कार्यक्रमम सामुदायिक वनका अध्यक्ष टीकाराम भट्टराईले  वातावरण मैत्री उद्यान, सिमसार संरक्षणसँगै वन संरक्षणमा जुटिरहेको जानकारी दिए । 

सामुदायिक वनले डाँडाहरूमा वृक्षरोपण, भू–क्षय न्यूनीकरण, वन अतिक्रमणको न्यूनीकरण, वन्यजन्तुको संरक्षण र जैविक विविधताको संरक्षण गर्दै आइरहेको बताए ।

सामुदायिक वन उपभोक्ता समूहका सचिव शारदा पल्लिले  संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनबाट प्राप्त हुने वन पैदावारको न्यायोचित वितरण, वन स्रोतबाट प्राप्त आम्दानी समूहको कार्यक्षेत्रमा रहेका उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउन जीविकोपार्जनका कार्यक्रम सञ्चालन, वन संरक्षण र सम्वद्र्धनका लागि उपभोक्तासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिइन । 

वन संरक्षण। सम्वद्र्धन तथा वन विकास कार्यक्रमतर्फ ७, संस्थागत विकासतर्फ ९, गरिब विपन्न जीविकोपार्जन सुधार कार्यक्रमतर्फ ४, वन पैदावर सदुपयोगतर्फ ६ र सामाजिक विकासका ५ वट कार्यक्रम गर्न लागिएको त्यस अवसरमा उनले जानकारी दिइन् ।

यस्तै, संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष अनिता नेपालीले ५२ लाख रुपैयाँको बजेट साधारण सभामा पेश गरिन् । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ३४ लाख  रुपैयाँ बराबरको वार्षिक कार्यक्रम उनले प्रस्तावित वजेट पेश गरिन् ।  

लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरीवेक्षक समितिका  संयोजक मानबहादुर पल्लिले प्रस्तुत गरेका थिए ।  

प्रमुख अतिथि शीतगंगा नगरपालिका–११ का अध्यक्ष नवराज भुसालले वन जोगाउन घौवा महिला सामुदायिक वनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सबैको सक्रियताले मात्रै वन सरक्षण सम्भव भएको बताए ।

बुद्धभूमि नगरपालिका–३ का वडाअध्यक्ष गोविन्दप्रसाद आचार्यले घौवा महिला सामुदायिक वनका उपभोक्ताहरूले वन सरक्षणमा निर्वाह गरेको भूमिका उल्लेखनीय भएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise